मिलेमतोमै गायब हुन्छ तस्करीको ढुङ्गा « Khabarhub

मिलेमतोमै गायब हुन्छ तस्करीको ढुङ्गा



झापा– स्थानीय तहले जफत गरेको हजारौँ घनमिटर ढुङ्गा रातारात गायब बनाएका तिरिङका ढुङ्गा तस्करहरूले वर्षौं अघिदेखि इलामको रोङ गाउँपालिकास्थित प्रतिबन्धित सीमावर्ती मेची नदीबाट ढुङ्गा चोर्ने गरेको प्रमाण फेला परेको छ ।

तस्करीमा संलग्नहरूको ट्याक्टर इलामको रोङ गाउपालिकाका प्रतिनिधि र प्रहरी चौकीले पटक–पटक पक्राउ गर्ने र तस्करले जरिवाना तिर्दै छुटाउने गरेको पाइएको छ ।

२०७६ साल कात्तिक र माघमा रोङ गाउँपालिका सलकपुरस्थित प्रहरी चौकी र स्थानीय बासिन्दाले प्रतिबन्धित मेची नदीबाट ढुङ्गा चोरी गर्दै गरेको अवस्थामा ९ वटा ट्याक्टर फेला पारेका थिए । सो क्रममा तस्कर समूहले स्थानीय बासिन्दा र प्रहरी कर्मचारीमाथि हातपात समेत गरेका थिए ।

ढुङ्गा चोरीमा संलग्न व्यक्तिहरू पक्राउ पनि परेका थिए । उनीहरूलाई जरिवाना तिराउने र प्रतिबन्धित क्षेत्रमा ट्याक्टर नलैजाने लगायतको शर्तमा तस्कर समुहले प्रहरी चौकी सलकपुरमा लिखत गरेको फेला परेको छ ।

कागजमा ढुङ्गा तस्करीमा संलग्न नवीन न्यौपाने र नेत्र सुब्बा लगायतका ब्यक्तिहरूले हस्ताक्षर गरेका छन् । तस्करले इलामबाट ढुङ्गा चोर्ने र झापाले त्यसैलाई वैधानिकता दिने गरेकाले प्राकृतिक स्रोतको विवादमा झापा र इलामका स्थानीय तहबीच विवाद समेत हुने गरेको रोङ गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष सुवास तामाङको भनाइ छ ।

इलामबाट चोरेको ढुङ्गालाई मेचीनगर नगरपालिका र जिल्ला समन्वय समिति झापाले वैधानिकता दिएर नीतिगत अनियमितता गर्ने र तस्करको मनोबल बढाउने गरेको रोङका जनप्रतिनिधिको आरोप छ ।

‘चुरे दोहनले प्राकृतिक तथा पर्यावरणीय क्षतिमात्र भएको छैन यसले सीमा समस्या पनि निम्त्याउने पक्का छ,’ वडाध्यक्ष तामाङ भन्छन्, ‘इलाम र झापाका जनप्रतिनिधि, जिल्ला समन्वय समिति तथा स्थानीय प्रशासन बसेर ढुङ्गाको विषयको विवाद मिलाउने प्रयत्न भयो तर झापा समन्वय समितिले नै इलामबाट चोरेर ल्याइएको ढुङ्गा झापाको बनायो ।’

इलामको मेची नदी किनाराको चुरे क्षेत्रबाट स्थानीय तस्करहरूले चोरी गरी ल्याएको ७ हजार ५ सय घनमिटर ढुङ्गा तिरिङखोला बगरमा भण्डारण गरेको अवस्थामा गायव भएको थियो । हजारौ घनमिटर चोरीका ढुङ्गा भण्डारण गरिएको भए पनि ७ हजार ५ सय घनमिटर मात्रै रहेको भनी जिल्ला समन्वय समिति र मेचीनगर नगरपालिकाले गरेको लगत संकलन सही नभएको खुलासा भएको छ ।

मेचीनगरका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङका अनुसार तस्करीको ढुङ्गा तीन बिगाहा जग्गामा तस्करीका ढुङ्गा भण्डारण गरिएको थियो । आफूहरूले संकलन गरेको ७ हजार ५ सय घनमिटर ढुङ्गा कर तिरेर उपभोग गर्न पाउनुपर्ने भन्दै ४२ जना जनाले जिल्ला समन्वय समितिमा निवेदन दिएका थिए ।

मेचीनगर नगरपालिकाका कर्मचारी दीपेन्द्र कार्कीको टोली गुग्दा ७ हजार ५ सय घनमिटरबाट पनि तस्करहरूले २३ सय घनमिटर चोरी चोरी गरेको फेला परेको अधिकृत खाम्याहाङले बताए । हारएको ढुङ्गाको कर ५ लाख ८ हजार जति फरक आउने भएपछि पुनः ७ हजार ५ सय नै प्रमाणित गरी डाक बढाबढको टेण्डर खोलिएको खुलासा भएको छ ।

खाम्याहाङले ढुङ्गा तस्करहरूबाट आफूलाई ज्यानको धम्की आएको पनि बताए । खाम्याहाङको भनाइले नै कागजमा देखाइएको ७ हजार ५ सय घनमिटर भन्दा बढी परिमाणको ढुङ्गा तिरिङ खोला बगरमा थुपारिएको प्रष्ट भएको छ । कागजमा उल्लेख गरिएबाहेकको उक्त ढुङ्गा तस्कर र स्थानीय निकायकै संलग्नतामा गायब गरिएको छ ।

सरकारले कृषि अनुदानमा एक प्रतिशत भन्सार शुल्कमा उपलब्ध गराएका ट्याक्टर प्रयोग गरी बाहुनडाँगी क्षेत्रमा खुलेआम तस्करी हुने गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ३ : ०२ बजे

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित