आज काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित | Khabarhub Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २३२ जना संक्रमित थपिएका छन् ।

यअसघि सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी जम्मा २२४ जना संक्रमित थपिएका थिए ।

नेपालमा मंगलबार (आज) थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ थियो ।

पछिल्लो २४ घण्टामा थप ३१३  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ११९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ८०६ थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ४ : २९ बजे

जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग जेनजी आन्दोलनको घटना छानबिन

बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर

बझाङ – बझाङको थलारा गाउँपालिका–२ कफलकाँडामा बुधबार राति भएको ट्याक्टर

अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको आग्रह

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंले पछिल्ला दिनमा अनलाइनमार्फत हुने

सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले बोल्ने समय

नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन

भक्तपुर – भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ