लागुऔषध चरेससहित दुई पक्राउ | Khabarhub Khabarhub

लागुऔषध चरेससहित दुई पक्राउ


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

साढे ८ किलो चरेससहित प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ का ४५ वर्षका रामचन्द्र राय थारु र सोही स्थानका ५० वर्षका जितन ओझैयालाई पक्राउ गरेको हो।

बिआर २२ एजी ७३७२ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा सो परिमाणको चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

एक जनाको साथमा ४ किलो ५ सय ग्राम चरेस, ५ सय ग्राम गाजाको धुलो र अर्काको साथबाट ४ किलो चरेस तथा ५ सय ग्राम गाजाको धुलो बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

लागुऔषधसहित पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र