कर्णालीमा कोरोना संक्रमित २ हजार ३१३ मध्ये २ हजार ७ जना निको भए « Khabarhub

कर्णालीमा कोरोना संक्रमित २ हजार ३१३ मध्ये २ हजार ७ जना निको भए


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । आरटी पिसिआर परीक्षण गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र दुई हजार ३१३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ ।

आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी परीक्षणमा सुर्खेतका चार, दैलेख र सल्यानका दुई/दुई, धनुषा र कञ्चनपुरका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा कालीकोटमा चार, जुम्ला र दैलेखमा एक/एक र दैलेख अस्पतालले गरेको आरटी पिसिआरमा एक जनामा सङ्क्रमण देखिएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए । सङ्क्रमितमध्ये आज १५ जना निको भएसँगै कोरोना निको भएर घर फर्कनेको सङ्ख्या भने २ हजार ७ पुगेको उनले बताए ।

शिक्षा अधिकृत कँडेलले भने, “कर्णालीमा देखिएका कूल कोरोना सङ्क्रमितमध्ये ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् । अब १३ प्रतिशत सङ्क्रमितहरु मात्र आइसोलेशनमा छन् ।” अहिलेसम्म छ जना बाहेक अन्यको कोरोना सङ्क्रमणबाट मृत्यु नभएको जनाउँदै उनले कोरोना सङ्क्रमणबाट आत्तिहाल्नु पर्ने नरहेको बताए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा प्रदीप न्यौपानेले अस्पतालको आइसोलेशनमा हालसम्म आएका ३१९ जनामध्ये १७ जनामा कोरोनाको लक्षण देखिएको तर सबै निको भएर घर फर्किसकेको जानकारी दिए ।

लक्षण भएकामा १० जनामा खोकी, पाँच जनामा स्वासप्रश्वास र दुई जनामा ज्वरो देखिएको बताउँदै डा न्यौपानेले अहिले एक जना मात्र कोरोना लक्षणयुक्त बिरामी अस्पतालमा रहेको जनाए।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ०४ बजे

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र