कर्णालीमा कोरोना संक्रमित २ हजार ३१३ मध्ये २ हजार ७ जना निको भए « Khabarhub

कर्णालीमा कोरोना संक्रमित २ हजार ३१३ मध्ये २ हजार ७ जना निको भए


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । आरटी पिसिआर परीक्षण गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र दुई हजार ३१३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ ।

आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी परीक्षणमा सुर्खेतका चार, दैलेख र सल्यानका दुई/दुई, धनुषा र कञ्चनपुरका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा कालीकोटमा चार, जुम्ला र दैलेखमा एक/एक र दैलेख अस्पतालले गरेको आरटी पिसिआरमा एक जनामा सङ्क्रमण देखिएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए । सङ्क्रमितमध्ये आज १५ जना निको भएसँगै कोरोना निको भएर घर फर्कनेको सङ्ख्या भने २ हजार ७ पुगेको उनले बताए ।

शिक्षा अधिकृत कँडेलले भने, “कर्णालीमा देखिएका कूल कोरोना सङ्क्रमितमध्ये ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् । अब १३ प्रतिशत सङ्क्रमितहरु मात्र आइसोलेशनमा छन् ।” अहिलेसम्म छ जना बाहेक अन्यको कोरोना सङ्क्रमणबाट मृत्यु नभएको जनाउँदै उनले कोरोना सङ्क्रमणबाट आत्तिहाल्नु पर्ने नरहेको बताए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा प्रदीप न्यौपानेले अस्पतालको आइसोलेशनमा हालसम्म आएका ३१९ जनामध्ये १७ जनामा कोरोनाको लक्षण देखिएको तर सबै निको भएर घर फर्किसकेको जानकारी दिए ।

लक्षण भएकामा १० जनामा खोकी, पाँच जनामा स्वासप्रश्वास र दुई जनामा ज्वरो देखिएको बताउँदै डा न्यौपानेले अहिले एक जना मात्र कोरोना लक्षणयुक्त बिरामी अस्पतालमा रहेको जनाए।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ०४ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ