३० वर्षीया महिलाले जन्माइन ५ केजी तौल भएको शिशु « Khabarhub

३० वर्षीया महिलाले जन्माइन ५ केजी तौल भएको शिशु


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल कलेजमा एक महिलाले ५ केजीको शिशुलाई जन्म दिएकी छन् ।

काठमाडौंको जोरपाटीकी एकजना ३० वर्षीया महिलाले ५ केजी १०० ग्राम तौल भएको शिशुलाई जन्म दिएकी हुन् ।

उनको मंगलबार बिहान १० बजे सिजरियन सेक्सन अर्थात शल्यक्रियामार्फत प्रसूति गराइएको थियो ।

नेपाल मेडिकल कलेजकी प्रसूती तथा स्त्री रोग विशेषज्ञ डाक्टर मर्यादा मल्ल प्रधानको टिमले ती महिलाको ४० हप्ताको गर्भ शल्यक्रियामाफर्त प्रसूती गराएको हो ।

डा प्रधानका अनुसार शल्यक्रियामार्फत जन्मेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आमाको तौल ९२ केजी रहेको तर स्वास्थ्यमा अन्य समस्या भने नभएको डा प्रधानको भनाइ छ ।

सामान्य तया स्वास्थ्य जन्मिने शिशुको तौल जन्मदा २. ५ केजी वा ३.५ केजी सम्म हुने गर्छ । तर ती शिशुको तौल बढी भएको पाइएपछि चिकित्सकहरुले उनको शल्यक्रिया मार्फत प्रसूती गराइएको डा प्रधानले बताइन् ।

“सामान्यतया ४ केजी ४.५ केजी सम्मको बच्चा जन्मिरहेका हुन्छन् तर मेरो करिअरमा ५ केजी तौल भएको बच्चा शल्यक्रियामार्फत प्रसूती गराइएको पहिलो पटक हो,” डा प्रधानले भनिन्, “हामीले सकेसम्म नर्मल डेरीभरी नै गराउँछौं, तर भिडियो एक्सरेमा ५ केजी १०० ग्राम देखिएपछि आमा र बच्चाको शिशुको स्वास्थ्यलाई ख्याल गर्दै शल्यक्रिया मार्फत नै प्रसुती गरायौं ।”

धेरै मोटो शिशुको शल्यक्रिया गर्न जटिल हुने भएपनि ती महिलाको डेलीभरी गराउँन भने कुनै समस्या नभएको डा प्रधानले बताइन् ।

“धेरै तौल भएको बच्चा निकाल्दा अलि समस्या हुनसक्छ, पाठेघर च्यातिन सक्ने, रगत बढी बग्ने, पाठेघर नखुम्चिने हुनसक्छ,” डा प्रधानले भनिन्, तर उहाँको केसमा कुनै समस्या आएन, आधी घण्टामा शल्यक्रिया गरेर सकायौं ।”

डा प्रधानका अनुसार ती महिलाको शल्यक्रिया गर्नुपर्ने भएपछि पीसीआर विधिबाट कोरोना परीक्षण गराएर रिपोर्ट नगेटिभ आएपछि शल्यक्रिया माफर्त प्रसूती गराइएको हो ।

डा प्रधानले नेपाल मेडिकल कलेजमा प्रसूती तथा स्त्री रोग विषयमा एमडी अध्ययन सकाएकी थिइन् ।

उनले एमबीबीएस् भने काठमाडौं मेडिकल कलेजबाट गरेकी हुन् । काठमाडौं मेडिकल कलेजमा एमबीबीएसमा गोल्ड मेडल ल्याउन सफल थिइन् ।

उनले नेपाल मेडिकल कलेजमा एमडीमा पनि काठमाडौं युनिभर्सिटी टप गरेकी थिइन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ४३ बजे

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा

यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ  

काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छ : सचिव सिग्देल

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम

काठमाडौं– पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको

बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा