म्यानचेस्टर सिटीको संघर्षपूर्ण जीत, बर्नमाउथ प्रतियोगिताबाट बाहिरियो « Khabarhub

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जीत, बर्नमाउथ प्रतियोगिताबाट बाहिरियो


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रिमिर लिग क्लब म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलमा संघर्षपूर्ण जीत हासिल गरेको छ । बिहीबार राति भएको खेलमा बर्नमाउथमाथि २–१ गोलको संघर्षपूर्ण जीत हात पारेको हो ।

खेलमा सिटीका लागि लिअम डेलेप र फिल फोडेनले एक एक गोल गरे । बर्नमाउथका लागि साम सुरेड्जले एक गोल फर्काए ।

१८ औं मिनेटमा डेलेपले गोल गर्दै सिटीलाई अग्रता दिलाएका उनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

डेलेपले गोल गरेको चार मिनेटमै बर्नमाउथका स्ट्राइकर सामले गोल गरेर खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने दुबै टोलीले गोलका लागि निकै नै संघर्ष गरे । खेलको ७५ औं मिनेटमा सिटीले गोल गर्दै पुनः खेलमा अग्रता लियो । सिटीका लागि फोडेनले गोल गर्दै २–१ को संघर्षपूर्ण जीत दिलाए ।

जीतसँगै सिटी काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ । बर्नमाउथ भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : १० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक