करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग « Khabarhub

करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – करेन्ट लागेर मृत्यु भएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई रु २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् ।

जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले क्षतिपूर्ति दिने सवालमा आनाकानी नगर्न कम्पनीसँग आग्रह गरे ।

कम्पनीले लाइनको व्यवस्थापनमा ध्यान नदिई आम्दानीतर्फ मात्रै ध्यान दिँदा दुर्घटना भएको प्रदेशसभा सदस्य राजभण्डारीको भनाइ छ ।

सल्लेरी–च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनलाई व्यवस्थित बनाउन सोलुखुम्बुका सांसदले निर्देशन दिएका छन् । बिहीबार कम्पनीका प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलमा जोखिम क्षेत्रको तारलाई तत्काल व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य हेमकुमार राई सुरवीरले निर्देशन दिए ।

अव्यवस्थित तारका कारण मानवीय क्षति भएको बताउँदै राईले यस्ता तारलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । छलफलमा सासंद हेमकुमार राई सुरवीर, प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत र विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ५० बजे

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको