दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि… « Khabarhub

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद गरि पेस्तोलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

आज करिब १ बजेमा जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको बीआर३०वाई २८५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा कबिलासी –०३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ठाकुरको साथबाट सिक्सर पेस्तोल एक थान फेला परेकोले बरामद गरी पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ४८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको