एसिड आक्रमणकारीलाई कडा कानून: २० वर्ष कैद, १० लाखसम्म जरिवाना « Khabarhub

एसिड आक्रमणकारीलाई कडा कानून: २० वर्ष कैद, १० लाखसम्म जरिवाना


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले एसिड (तेजाब) आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको हो ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुसँगको भेटमा कडा कानून ल्याउन लागेको बताएका थिए । नेपालको संविधानको धारा ११४ को उपधारा बमोजिम मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराए नयाँ कानून ल्याउन लागिएको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि अध्यादेश ल्याउने प्रस्ताव पारित गरेको हो ।

नयाँ कानूनअनुसार यदि आक्रमणबाट मुख्य अंग आँखा, कान, मुख छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष र दश लाख रुपैयाँ जरिवाना हुनेछ ।

त्यस्तै कुनै आक्रमणकारीले आक्रमण गर्दा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहारमा क्षति भएर कुरुप भएमा, महिलाको हकमा एउटा स्तन काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्ण रुपमा जली काम नलाग्ने भएमा, टाउकोको कुन भाग जली क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भएमा दश बर्षदेखि २० वर्षसम्म कैद र सातदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

त्यसैगरी, यदि शरीरको कुनै अंग भंग वा शारीरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम ५ बर्षदेखि १ वर्षसम्म कैद र एक लाखदेखि ५ लाखसम्म जरिवाना हुनेछ भने पीडित व्यक्तिको तत्काल मृत्यु नभए पनि त्यसैका कारण पछि मृत्यु भएमा ज्यान मारेको आरोपमा कारबाही गरिनेछ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरुको सरकारले निःशुल्क उपचार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपालमा एडिस आक्रमणका घटना बढ्दै गएपछि जनस्तरबाट एसिड आक्रमणकारीका लागि कडा कानून ल्याउनुपर्ने विषयमा बहस सिर्जना भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १२ : ४९ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको