धरानमा उपचाररत सप्तरी र मोरङका २ संक्रमितको मृत्यु « Khabarhub

धरानमा उपचाररत सप्तरी र मोरङका २ संक्रमितको मृत्यु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

डा सापकोटाका अनुसार सप्तरीका ७० वर्षीय पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएपछि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज भर्ना भएका थिए । उनमा कोरोना पुष्टिभएपछि त्यहाँबाट वीपी प्रतिष्ठानमा रेफर भएका थिए । उनमा भदौ २५ गते गजेन्द्र नारायणसिंह अस्पतालमा कोरोना पुष्टि भएको थियो ।

उनलाई भदौ २८ गते राति वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा रहेका उनको असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित मोरङका ५५ वर्षीय पुरुष आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा थिए ।

उनमा असोज ८ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको ८ गते राति ८ बजेर ३० मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  २ : ४३ बजे

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

दुबई– कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी

मालिकामा बेसारको ‘ब्रान्डिङ’

तम्घास– गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारी

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ