अध्ययनको निष्कर्ष- कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका धेरै « Khabarhub

अध्ययनको निष्कर्ष- कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका धेरै


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिकागो- कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ ।

सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो ।

अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाका बारेमा गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ ।

सर्वेक्षणमा अमेरिकाभरीका २१ हजार जना सहभागी भएका थिए । सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो ।

सर्वेक्षणमा सहभागी भएकाहरु मध्ये झण्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ताहरु, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जालमा आएका सूचनाहरुमा विश्वास गर्ने गरेको बताएका थिए ।

अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयहरुको संजाल मार्फत् सर्वेक्षण गरिएको जनाइएको छ ।

उनीहरुका अनुसार ८ प्रतिशत उत्तरदाताहरुले फेसबुकको म्यासेन्जरबाट आफूहरुले सूचना पाउने गरेको जवाफ दिएका थिए ।

त्यसैगरी सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्ताहरुमध्ये चार प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीहरुले सामाजिक सञ्जालहरुसँगै स्थानीय टेलिभिजन, समाचारमुलक अनलाईन, एप्स, सामुदायिक पत्रिका लगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए ।

सर्वेक्षणबाट प्राप्त विवरणहरुलाई नर्थवेस्ट युनिभर्सिटी (एनयु) को वेभसाइटमा बुधबारदेखि राखिएको छ ।

“सर्वेक्षणले सामन्यतः कोरोनाविरुद्धमा भ्रम फैलाउनका लागि सामाजिक सञ्जालहरुले सहयोग गरेको देखाएको छ,” एनयुको राजनीति शास्त्रका प्राध्यापक जेम्स ड्रकम्यानले भने ।

अध्ययनकर्ताहरुका अनुसार तुलनात्मक रुपमा बृद्ध व्यक्तिभन्दा ४५ बर्षभन्दा कम उमेरका धेरै व्यक्तिहरुले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ ।

सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्कको प्रयोगका बीचमा बलियो सम्बन्ध रहेको पनि देखाएको छ ।

गलत सूचनाको शिकार भएका ११ जना मध्ये आठ जनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणका क्रममा भेटिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ३ : ५१ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर