आकर्षक फिचरसहितको भिभो वाई २० सार्वजनिक « Khabarhub

आकर्षक फिचरसहितको भिभो वाई २० सार्वजनिक


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिभोले युवा पुस्तामाझ लोकप्रिय वाई सिरिज अन्तर्गत वाई ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनका साथ बजारमा उपलब्ध यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ ।

कम्पनीका अनुसार भिभो वाई ट्वान्टी पावर सेभिङ टेक्नोलोजी प्रयोग गरिएको छ । जसले गर्दा एक पटकको फुल चार्जमा प्रयोगकर्ताले लामो समय सम्म निरन्तर रुपमा मोबाइल प्रयोग गर्न पाउनेछन् ।

पातलो डिजाइनमा आएको फोनको साइडमा फ्रिगर प्रिन्ट स्क्यान राखिएको छ । जसको मद्दतले प्रयोगकर्ताले बिना कुनै झन्झट सेकन्डमै फोन खोल्न सकिने उल्लेख छ ।

स्मार्टफोन हलुका भएकाले प्रयोगकर्ताको हातका लागि प्रयोगमैत्री रहेको छ । दुई कलरमा बजारमा उपलब्ध हुने भएता पनि हालसम्म कुन कुन कलरमा भित्रिन्छ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन् ।

कम्पनीका अनुसार स्मार्टफोनमा प्रयोग भएको क्यामेरा प्रविधिको मद्दतले प्रयोगतर्काले प्रोफेशनल फोटो ग्राफिको मज्जा लिन सक्ने छन् । जसका लागि फोनमा एआईमा आधारित रियर क्यामेरा प्रयोग गरिएको छ ।

जसमा म्याक्रो, बोकेलगायतका धेरै फिचर छन् । ६.५१ इन्चको हालो डिस्प्लेका साथ विभन्नि प्रविधिको प्रयोगमार्फत फोनको स्क्रिनमा नयाँ आयाम प्रदान गरिएको कम्पनीले जनाएको कम्पनीका अनुसार जसले फिल्म हेर्दा तथा गेम खल्दा प्रयोगकर्ताले नयाँ अनुभव प्राप्त गर्नेछन् ।

३ जिबी र्‍याम र ६४ जिबी रोम क्षमताको फोनलाई माइक्रोएसडी कार्डको मद्दतले २५६ जीबीसम्म क्षमता विस्तार गर्न सकिने छ । फोनमा क्वालकम स्न्यापड्रागन प्रोशेसरको प्रयोग गरिएको छ । जसको मद्दतले बिना कुनै रुकाउट लामो समयसम्म गेम खेल्न सकिने उल्लेख गरिएको छ ।

कम्पनीको अनुसार यो फोन अहिलको युवाको रुची प्रविधि र डिजाइनको मिश्रण हो । यसमा प्रयोग भएको ब्याट्री, क्यामेरा, प्रोसेसर र डिजाइन यो फोनको सबैभन्दा उत्कृष्ट पक्ष हो ।

यो फोनको मूल्य २० हजार ९९० राखिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ०३ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले