गोदावरी नगरपालिकाका प्रमुख महर्जनलाई कोरोना संक्रमण पुष्टि « Khabarhub

गोदावरी नगरपालिकाका प्रमुख महर्जनलाई कोरोना संक्रमण पुष्टि


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यही असोज ६ गते महर्जन दम्पतीले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए । उनले भने, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनीहरु हाल दुवैले ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको श्रेष्ठले जानकारी गराए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : १९ बजे

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको