धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षका पुरुष र मोरङको कानेपोखरी– १ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

डा सापकोटाका अनुसार सप्तरीका ७० वर्षका पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण लिएर गजेन्द्र नारायणसिंह अस्पताल राजविराजबाट वीपी प्रतिष्ठानमा रेफर गरिएको थियो । उनमा भदौ २५ गते जगेन्द्र नारायणसिंह अस्पतालमा कोरोना पुष्टि भएको थियो ।

उनलाई भदौ २८ गते राती वीपी प्रतिष्ठानमा भर्ना गरिएकोमा असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित मोरङका ५५ वर्षका पुरुष आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा थिए ।

उनमा असोज ८ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको ८ गते राती ८ बजेर ३० मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ५४ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये