सुत्केरी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु « Khabarhub

सुत्केरी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन् । सुत्केरी लिएर काठमाडौँदेखि धादिङबेँसीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेँसी सडकखण्डको पहिरामा खोलामा खसेको थियो । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ६० वर्षीय वीरबहादुर तामाङ छन् । घाइतेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ४५ बजे

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौं- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२

आज विश्व अटिजम सचेतना दिवस मनाइँदै

काठमाडौँ– आज विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई

काठमाडौँ– नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक

वर्ष ०८२ : स्टारहरूलाई पछार्ने फिल्म

काठमाडौं – स्टारको करिअर बक्स अफिस कलेक्सनले निर्धारण गर्छ ।

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति