जिल्ला अस्पतालको भेन्टिलेटर निजी अस्पतालमा « Khabarhub

जिल्ला अस्पतालको भेन्टिलेटर निजी अस्पतालमा


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – सङ्खुवासभा जिल्ला अस्पतालको भेन्टिलेटर छ महिनादेखि तुम्लिङटारमा रहेको निजी अस्पतालमा छ । तुम्लिङटारमा रहेको मनकामना हस्पिटल प्रालिमा छ महिनादेखि अस्पतालको भेन्टिलेटर प्रयोगविहीन अवस्थामा राखिएको छ ।

निर्माणाधीन अरुण तेश्रो जलविद्युत् आयोजनाले कोरोना सङ्क्रमणका बेला महामारी फैलिने डर भएपछि जिल्ला अस्पतालमा भेन्टिलेटरसहित झन्डै रु ९० लाखबराबरको स्वास्थ्य सामग्री दिएको थियो ।

एउटा भेन्टिलेटर भने प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा रहेको छ । सरकारी भेन्टिलेटर निजी अस्पतालमा नराख्न विपत् व्यवस्थापन समितिको बैठकमा पटकपटक विरोध भएपनि मनकामना हस्पिटलका सञ्चालकले भेन्टिलेटर फिर्ता गरेका छैनन् ।

प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा राखिएको भेन्टिलेटर तुरुन्त फिर्ता गर्न नेकपाका केन्द्रीय सदस्य राजेन्द्र कार्की र नेपाली काँग्रेसका सभापति दीपनकुमार श्रेष्ठले माग गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार मनकामना हस्पिटललाई गत असार मसान्तसम्मका लागि मात्रै भेन्टिलेटर दिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : ०० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा