प्रिमियर लिग : युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी « Khabarhub

प्रिमियर लिग : युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी भएको छ ।

शनिबार राति भएको खेलमा युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् ।

ओल्ड ट्राफोर्डमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाढ्नु परेको हो ।

युनाईटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरे । फ्रेन्च क्लब पीएसजीबाट आएका उनी ड्यानियल जेम्सको स्थानमा ५८औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

बराबरीसँगै युनाईटेडले ६ खेलमा ८ अंक जोडेको छ । युनाईटेड तालिकाको ११औँ स्थानमा रहेको छ ।

चेल्सीले ६ खेलमा ९ अंक जोडेको छ । चेल्सी तालिकाको छैठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : २० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि