लेवान्डोस्कीको ह्याट्रिकमा बार्यन म्युनिखको शानदार जित « Khabarhub

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यन म्युनिखको शानदार जित


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा शनिबार आइनट्राख्ट फ्रान्कफुर्टलाई ५-० गोल अन्तरले पराजित गर्दै साविक विजेता बायर्नले शानदार जित निकालेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । यस्तै लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे ।

फराकिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको २६औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

८१औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा बायर्न ३-० ले अघि रह्यो ।

घरेलु मैदानमा ह्याट्रिक पूरा गरेसँगै लेवान्डोस्कीले यस सिजन ५ खेलमा १० गोल पूरा गरेका छन् ।

खेलको ७३औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा जमलले गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए । १७ वर्षीय जमलको यो सिनियर टिमका लागि पहिलो गोल हो ।

बायर्न ५ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । ८ अंक फ्रान्कफुर्ट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ३५ बजे

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान