दशैँमा गाउँ उज्यालो बनेपछि घिरिङका स्थानीयमा खुसियाली « Khabarhub

दशैँमा गाउँ उज्यालो बनेपछि घिरिङका स्थानीयमा खुसियाली


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ ।

उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो ।

नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् । बत्ती बाल्ने वर्षाैँदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाहीले बताइन् ।

“बिजुली बत्तीको आशमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना बल्ल पूरा भएको छ”, शाहीले भने, “त्यहीमाथि दशैँको बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भयो ।”

स्थानीय मनिषा श्रेष्ठले मैनबत्ती र सोलारको भरमा बस्दै आएका स्थानीयवासीलाई बिजुली विस्तार भएपछि सहज हुने बताइन् ।

सोही वडाको नयाँटार, गड्यौलीटार, बन्टार, जगौली र खुङ्लिङमा पनि दशैँअगावै बत्ती बाल्ने तयारी भए पनि विद्युत् प्राधिकरणका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि ढिलाइ भएको घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ११ : २२ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको