साउदीमा कोभिड-१९ वेवास्ता गरे १ हजार रियाल जरिवाना « Khabarhub

साउदीमा कोभिड-१९ वेवास्ता गरे १ हजार रियाल जरिवाना


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरु रहेको साउदी अरबमा त्यहाँको आन्तरिक मन्त्रालयले मास्क नलगाउने जो कोहीलाई पनि जरिवाना हुने जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरस प्रतिरोधलाई बेवास्ता गर्दै सार्वजनिक वा सामाजिक दूरी कायम तथा मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गरिने जनाएको छ ।

जसले अनुहार मास्क लगाएको छैन । सामाजिक दूरी उपायहरू कायम राख्दैन । एक निजी वा सार्वजनिक ठाउँमा प्रवेश गर्दा तापक्रम जाँच गरेको छैन । यी प्रक्रिया पुरा नगर्ने जो कोहीलाई जरिवाना हुने मन्त्रालयले जनाएको छ ।तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि भए प्रवेश पाइने छैन ।

मन्त्रालयले सुरुमा मे महिनामा यस्तो चेतावनी जारी गरेको थियो तर कोरोना भाइरसको दोस्रो चरण सुरु भएकाले त्यो रोक्नको लागि यो निर्णय फेरि जारी गर्नु पारेको जनाएको छ ।

साउदी अरबमा अहिलेसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ४४ हजार १५८ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्य ३ लाख ३० हजार ५७८ पुगेको छ भने संक्रमणका कारण ५ हजार २ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

साउदी अरबले पहिले सङ्क्रमित नेपालीको सङ्ख्या उपलब्ध गराए पनि अहिले के कति नेपाली संक्रमित भए र कति को मृत्यु भयो भन्ने बारे त्यहाँस्थित नेपाली दूतावाससँग पनि आधिकारिक तथ्याङक छैन । कोरोना संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : ०० बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा