देशभर २७७ कोरोना संक्रमित आइसियुमा, ६६ को भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

देशभर २७७ कोरोना संक्रमित आइसियुमा, ६६ को भेन्टिलेटरमा उपचार हुँदै


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म देशभर २७७ जना कोरोना संक्रमित आइसियुमा र ६६ को भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २६ आइसियु र १० जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

प्रदेश २ मा १० जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा १७६ जना आइसियु र ४५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

त्यसैगरी गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसियु र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ।

आज देशभर ४५ हजार ५७२ जना सक्रिय संक्रमित छन्। आज देशभर ५ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १० : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर