सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण | Khabarhub Khabarhub

सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको खोकनास्थित सिकाली जात्राको प्रसाद प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरिएको छ ।

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई जात्राको प्रसाद लगाइएको हो ।

खोकनावासीको तर्फबाट स्थानीय स्वयम्भुराज डंगोल, ललितपुर जिल्ल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार , ललितपुर महानगरपालिका वडा नम्बर २१ का सदस्य ज्ञानभक्त डंगोल बालुवाटार गएका थिए ।

तर कोरोना संक्रमण जोखिमको कारण प्रम ओलीले देवता खलकको हातबाट प्रसाद ग्रहण गरेनन् ।

खोकनावासीको तर्फबाट देवता खलकले सरकारप्रमुख र मुलुकमा शान्ति कल्याणको कामना गर्दै नवमीको दिन प्रसाद हस्तान्तरण गर्ने परम्परा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : २५ बजे

कविता : आमा

मेरो दूधको पहिलो थोपा तिमी मेरो बोलाइको पहिलो शब्द तिमी

ओलीको टिप्पणी- जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य

चन्द्रौटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

काठमाडौं– बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु– रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान