चेन्नईसँग बैंग्लोर ८ विकेटले पराजित « Khabarhub

चेन्नईसँग बैंग्लोर ८ विकेटले पराजित


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

दुबईमा आज भएको खेलमा चेन्नईले बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यस्तै अम्बाती रायडुले ३९ रन जोड्दा फाप डु प्लेसिसले २५ रन बनाए । बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३९ रन जोडे ।

ओपनर देबदुत पडीक्कलले २२ रन जोड्दा अर्का ओपनर आरोन फिन्चले १५ रन बनाए । चेन्नईका साम करणले ३ विकेट लिए । यस्तै दिपक चाहरले तथा मिचेल स्टानरले १ विकेट लिए ।

जितसँगै चेन्नईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : २७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको