दशैंको आशीर्वाद दिँदा भनिने श्लोक र त्यसको अर्थ  « Khabarhub

दशैंको आशीर्वाद दिँदा भनिने श्लोक र त्यसको अर्थ 


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । बोलीचालीका (स्थानीय) भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दशैंमा मान्यजनले आशीर्वाद दिने गर्छन् ।

दशैंमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दशैंमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरुको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

दशैंको बेला आशीर्वाद दिँदा संस्कृतको यो श्लोक धेरै प्रयोग गरिन्छ ।

यो श्लोकमा भनिएको छ– द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य बनिरहोस्, हावाको जस्तो तीव्र गति होस्, दुर्योधनको जस्तो मान–प्रतिष्ठा होस्, आकाशजस्तो शान्त र पराक्रमी होस्, बलरामको जस्तो बल होस्, कुन्तीपुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होस् ।

यस्तै अर्को श्लोक छ–

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

जसको अर्थ हुन्छ–

ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी, जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

दशैंको आशीर्वाद दिँदा वाचन गरिने अर्को श्लोक हो,

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे।
वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम्।
देशे देशे च कीर्तिः प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा।
जीव त्वं पुत्रपौत्रैस्सकलसुखयुतैर्हायनानां शतैश्च।।

जसको अर्थ हो–

पद्माक्षी विष्णुकान्ता घरबीच सजिऊन् भारती कण्ठ माझ ।
मौलाऊन् बन्धुवर्गै सकलरिपु पुगुन् घोर पाताल आज ।।
तिम्रा सत्कीर्ति राम्रा जग-मग फिँजिऊन् देश देशै सुदिव्य ।
छोरा-छोरी बिचैमा रहनु र सुखले बाँचनू है शताब्द ।।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : १५ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका