माउथवासले ३० सेकेन्डमा नै कोरोनाभाइरसलाई नष्ट पारिदिने दाबी « Khabarhub

माउथवासले ३० सेकेन्डमा नै कोरोनाभाइरसलाई नष्ट पारिदिने दाबी


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो ।

माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् ।

बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।

डा. निक क्लेडनले यो अनुसन्धानपश्चात् माउथवास अब मानिसहरुको दैनिक रुटिनको महत्वपूर्ण हिस्सा बन्ने अनुमान गरेका छन् ।

र्‍यालमा भएको भाइरसलाई माउथवासले मार्न सक्ने कुरा अनुसन्धानले बताएपनि यो कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने कुरामा कुनै प्रमाण भने भेटिएको छैन । किनभने माउथवास श्वासनली र फोक्सोसम्म पुग्न सक्दैन ।

स्पेसलिस्ट पिरियोडन्टोलोजिस्ट डा. क्लेडनले भने, ‘कार्डिफ युनिभर्सिटीको क्लिनिकल ट्रायलमा यस्तै सकारात्मक नतिजा देखिए सीपीसी आधारित माउथवासले मानिसहरुको दैनिकीमा महत्वपूर्ण स्थान ओगट्न सक्छ । त्यसरी नै जसरी हात धुने, सामाजिक दुरी, मास्कको प्रयोग हालका समयमा मानिसको दैनिकी बनेका छन् ।’

युनिभर्सिटीको रिपोर्टमाप्रकाशित जानकारी अनुसार शुन्य दशमलव ०७ प्रतिशत सेटिपिरिडिनियम क्लोराइड (सीपीसी) भएको माउथवासले भाइरसलाई नष्ट गर्न निकै प्रभावकारी भूमिका खेलेको छ ।

रिपोर्टलाई सहकर्मीहरुले समीक्षा गर्न बाँकी नै भएपनि यसले भर्खरै गरिएको एक अनुसन्धानलाई समर्थन गरेको छ । उक्त अनुसन्धानमा माउथवासले भाइरल लोडलाई कम गर्न सहयोग गर्ने बताएको थियो ।

अनुसन्धानका मुख्य अनुसन्धाता डा.रिचर्ड स्ट्यानटनले भने, ‘प्रयोगशालामा कुनै शर्तसहित गरिएको अनुसन्धानमा गिजाको समस्याका लागि तयार पारिएको माउथवासले सार्स–कोभ–२ कोरोनाभाइरसलाई निष्क्रिय पार्न सक्ने तथ्य फेला परेको छ ।’

‘यो अनुसन्धानलाई अन्य वैज्ञानिकले समीक्षा गरिसकेका छैनन् जुन कुनै पनि शैक्षिक अनुसन्धानको महत्वपूर्ण पाटो हो । यसलाई अब जर्नलमा प्रकाशित गर्न दिइएको छ ।’

‘सर्वसाधारणले बेलायतको सरकारले जारी गरेको दिशानिर्देशको पलना गर्न आवश्यक छ । उनीहरुले आफ्नो हात बारम्बार धोइरहनुपर्छ भने सामाजिक दुरीको पनि पालना गर्नुपर्छ ।’ बीबीसी

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ०५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ