गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु « Khabarhub

गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका बर्दिवास १ का ४३ वर्षे न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार गर्न हिजै काठमाडौँ ल्याइएको थियो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

तीघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको स्थानीयले बताएका छन् । प्रदर्शनमा प्रहरीको गोली लागेका अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर छ ।

गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो।

बालिकाको बलात्कारपछि हत्या भएको आरोप आफन्त र स्थानीयले लगाएका छन्। बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ०८ बजे

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष

राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले वरिष्ठ

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

काठमाडौं– गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई

समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको

ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू)

काठमाडौं– धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ