विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह « Khabarhub

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताएका छन् । 

अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेका सचिव श्रेष्ठले स्थानीय तहलाई जिम्मेवार बनाई स्रोतसाधनको व्यवस्था र प्राविधिक सहयोग भने प्रदेश र सङ्घ सरकारले गर्नुपर्ने धारणा राखे।

गत साता सम्पन्न निर्वाचनका सन्दर्भमा मौसम कस्तो होला भन्ने जिज्ञासा रहिरहेका बेला जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले सहयोग गरेको दृष्टान्त राख्दै सचिव श्रेष्ठले पूर्वानुमानको विश्वसनीयताको जगमा पूर्वतयारी र प्रतिकार्यलाई सुदृढ बनाउनुपर्ने बताए।

प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्टले प्राधिकरणले सम्पादन गरिरहेका कार्यहरू, चुनौती एवं मन्त्रालयबाट गरिएका अपेक्षाहरूबारे प्रस्तुतीकरण गरेका थिए । त्यसक्रममा सचिव श्रेष्ठले प्राधिकरणद्वारा तयार पारिएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन हाते पुस्तिका’को विमोचन पनि गरे।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ७ : १६ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य