विराटनगरमा पछिल्लो २४ घण्टामा थप चार संक्रमितको मृत्यु « Khabarhub

विराटनगरमा पछिल्लो २४ घण्टामा थप चार संक्रमितको मृत्यु


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरमा तीन र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेजका ब्यवस्थापक नारायण दाहालका अनुसार धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषको मंगलबार राति ११:४० बजेतिर ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।

सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि मंगलबार राति ९:१५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि ती महिलालाई मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–६ की ७० वर्षीय वृद्धाको मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि कात्तिक २६ गते अस्पताल भर्ना भएकी ती महिलाको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १ : १८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा