केकीले फिल्म ‘बोक्सीको घर’ निर्माण गर्ने « Khabarhub

केकीले फिल्म ‘बोक्सीको घर’ निर्माण गर्ने


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारी फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी केकीले ‘बोक्सीको घर’ नामक फिल्म बनाउने बताएकी हुन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन नाटक ‘बोक्सीको घर’ वि.सं. २०७३ को साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन गरिएको थियो ।

यो फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । फिल्म्मा गौरव पहारी र केकी अधिकारीको शीर्ष भूमिका रहने जनाइएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार अन्य कलाकारको छनोट हुन भने बाँकी रहेको छ । फिल्मको फस्ट लूकसमेत सार्वजनिक गरिएको छ ।

सामाजिक कथावस्तुमा आधारित यो फिल्ममा बद्री अधिकारीको निर्माण रहनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  २ : १३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना