केकीले फिल्म ‘बोक्सीको घर’ निर्माण गर्ने « Khabarhub

केकीले फिल्म ‘बोक्सीको घर’ निर्माण गर्ने


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारी फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी केकीले ‘बोक्सीको घर’ नामक फिल्म बनाउने बताएकी हुन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन नाटक ‘बोक्सीको घर’ वि.सं. २०७३ को साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन गरिएको थियो ।

यो फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । फिल्म्मा गौरव पहारी र केकी अधिकारीको शीर्ष भूमिका रहने जनाइएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार अन्य कलाकारको छनोट हुन भने बाँकी रहेको छ । फिल्मको फस्ट लूकसमेत सार्वजनिक गरिएको छ ।

सामाजिक कथावस्तुमा आधारित यो फिल्ममा बद्री अधिकारीको निर्माण रहनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  २ : १३ बजे

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी

रास्वपा ९७ क्षेत्रमा विजयी हुँदा २८ उम्मेदवारको अग्रता : कांग्रेस १४ र एमालेको सात जित

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा

सल्यानबाट नेकपाका रमेश मल्ल विजयी

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रमेशकुमार

आज २०८२ साल फागुन २४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २४ गते आइतबार चैत

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय