बर्दिबास घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह « Khabarhub

बर्दिबास घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवास घटनामा संलग्नलाई कारबाही गरी मृतक तथा पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा महोत्तरीको बर्दिवास नगरपालिकाकी छ वर्षीया बालिका गुलाब साह खातुनको हत्याका दोषीलाई कानूनबमोजिम कारवाही गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा उक्त घटनामा कानून हातमा लिन खोज्ने जो कोहीलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरिएको छ ।

आयोगले कुनै पनि आपराधिक घटनामा कानूनबमोजिम कारवाही गर्ने कार्यमा प्रहरीलाई आवश्यक सहयोग पु¥याउन, प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनकारीलाई समेत आग्रह गरेको छ ।

बर्दिवासमा खातुनको हत्याको आरोपमा पक्राउ परेका आरोपितलाई कानूनी कारवाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले गरेको आगजनी तथा प्रदर्शनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगको प्रदेश नं २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको जनाएको छ । प्रहरीले चलाएको गोली लागी महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्ति घाइते भएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ ।

महिला तथा बालबालिकाउपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकलाई सर्तक र सचेत रहन जरूरी देखिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : १७ बजे

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६