महान अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको निधन « Khabarhub

महान अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको निधन


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो ।

हृदय घातका कारण म्यारमडोनाको आफ्नै घरमा निधन भएको बीबीसीले उल्लेख गरेको छ । म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनले सन् १९८६ को फिफा विश्वकप जितेको थियो। विश्व विजेता म्याराडोनाले नोभेम्बरमा दिमागको नसामा देखिएको समस्याको सफल सल्यक्रिया गरिएको थियो ।

बार्सिलोना र नापोलीबाट क्लब फुटबल खेलेका उनले इटालियन क्लबका तर्फबाट २ उपाधि उचालेका थिए । म्यारमडोनाको निधनले विश्व खेल क्षेत्र स्तब्ध बनेको छ। विश्व चर्चित व्यक्तिहरुले उनीप्रति समवेदना प्रकट गरिरहेका छन्।

म्याराडोनाले अर्जेन्टिनाका लागि खेलेका ९१ खेलमा ३४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले ४ पटक फिफा विश्वकप खेलेका थिए। उनले आफ्नो ३७ औँ जन्मदिनका अवसरमा सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। पछि उनी अर्जेन्टिनाको मुख्य प्रशिक्षक समेत बनेका थिए ।

दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र उनले ६०औं जन्मदिन मनाएका थिए ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफूलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए ।

म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ४८ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी