बच्चालाई कसरी नुहाइदिनु हुन्छ ? आजै अपनाउनोस् यी उपाय  (टिप्स) « Khabarhub

बच्चालाई कसरी नुहाइदिनु हुन्छ ? आजै अपनाउनोस् यी उपाय  (टिप्स)


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- के तपाईं आफ्नो बच्चालाई नुहाइदिँदै हुनुहुन्छ ? त्यसो हो भने तपाईंले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । किनभने बच्चालाई नुहाउने समयमा ध्यान नदिँदा धेरै प्रकारको समस्या निम्तिन सक्छ ।

बच्चा सुत्ने समय भएको बेला नुहाउनु हुँदैन, बच्चालाई भोक लागेको बेला नुहाउनु हुँदैन् । बच्चालाई धेरै समय लगाएर नुहाएमा चिसो लागेर बिरामी पनि पर्न सक्छ । त्यसकारण बच्चा नुहाउँदा विशेष सावधानी र ख्याल राख्नु आवश्यक हुन्छ ।

कहिले नुहाउने ?

खासमा बच्चालाई सुर्योदय भन्दा पहिले वा बिहानको समयमा नुहाउनु सबैभन्दा राम्रो मानिन्छ । किनभने बिहान नुहाएपछि दिउँसो घाम चर्कदै जान्छ । र बच्चालाई नुहाएर घाममा राख्न सकिन्छ । यो पूरानो मान्यताको पछाडि सायद केही तर्क अवश्य छ ।

नवजात शिशुले शरीरको तापक्रम नियन्त्रित गर्न सक्दैन र बच्चालाई चाँडै चिसो लाग्न सक्छ । बच्चालाई चिसो भएपछि उनीहरुले नुहाउँदा आनन्द लिन सक्दैन् । त्यसैले दिउँसो घाम चर्कदा बच्चालाई नुहाउँदा न्यानो हुन्छ र बच्चालाई आरामदायक तरिकाले नुहाइदिन सकिन्छ ।

यदि दिउँसो नुहाउँदा समय मिलेन भने साँझको समयमा पनि नुहाउँदा राम्रो हुन्छ । कतिपयलाई लाग्छ साँझ नुहाउँदा बच्चालाई चिसो लागेर बिरामी हुने खतरा बढ्छ । तर यो गलत हो ।

कस्तो हुनुपर्छ पानीको तापक्रम ?

नुहाउनको लागि हल्का तातो पानी प्रयोग गर्ने । बच्चालाई नुहाउँनको लागि पानीको तापक्रम ३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फहरनहाइटको तापक्रम चाहिन्छ । यदि तपाईसँग थर्मोमिटर छैन्, भने कुहिनाले पानीको जाँच गर्न सकिन्छ । कुहिनामा हल्का तातो महशुस हुनुपर्छ, धेरै तातो होइन ।

बच्चालाई नुहाउनुभन्दा अघि के गर्ने ?

बच्चालाई नुहाइदिनु भन्दा अगाडि सबै तयारी गर्ने । पानी हल्का मनतातो बनाउने ताकी बच्चालाई चिसो नलागोस् ।

हप्तामा हरेक दिन साबुन वा स्याम्पु लगाउनु जरुरी हुँदैन् । हप्तामा दुई वा तीन पटक मात्र यसको प्रयोग गर्नुपर्छ ।

जुन कम्पनीको प्रोडक्ट प्रयोग गर्दै हुनुहुन्छ, त्यसको म्यानुफ्याक्चरिङ डेट आदि राम्रोसँग हेर्नुपर्छ । त्यहाँ दिएको निर्देशनहरु पनि राम्रोसँग पढेर मात्र प्रयोग गर्नुपर्छ ।

नुहाउनुभन्दा अगाडि बच्चालाई मसाज गर्नुपर्छ । नुहाइसकेपछि पनि बच्चाको छालामा मोस्चरराइजर लगाउन नबिर्सनुहोस् । जसले गर्दा बच्चालाई चिलाउने वा पोल्ने हुँदैन।

साबुनको प्रयोग गर्नुभन्दा अघि के गर्ने ?

पहिलो पटक बच्चाको साबुन वा स्याम्पुले नुहाउन लागेको हुनुहुन्छ भने उसको छालामा साबुन लगाएर हेर्ने ताकी बच्चालाई एलर्जी वा अन्य प्रकारको नोक्सान हुन्छ कि हुँदैन भनेर थाहा पाउन सकिन्छ । छालामा रातो देखिएमा त्यो प्रोडक्ट प्रयोग नगर्ने ।

६ महिनाभन्दा कम उमेरको शिशुलाई साबुनले रगडेर पनि नुहाउनु हुँदैन् । साबुनलाई हातमा लगाएर शिशुको छालामा लगाइदिनुपर्छ ।

सुगन्धयुक्त साबुनको प्रयोगबाट बच्नुहोस् । जुन साबुनबाट बास्ना अधिक आउँछ त्यसमा केमिकल धेरै हुन्छ जसले बच्चाको कोमल छालामा नकारात्मक असर गर्छ ।

बच्चाको छालालाई धेरै रगड्नु आवश्यक हुँदैन् । किनभने बच्चाको छालामा धूलो जमेको हुँदैन् त्यति फोहोर पनि हुँदैन् । सिर्फ मसाज गर्ने र नुहाइदिए पुग्छ ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ४० बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल