इसाई धर्मावलम्बीहरुले आज क्रिसमस मनाउँदै, महामारीबाट जोगिन आह्वान « Khabarhub

इसाई धर्मावलम्बीहरुले आज क्रिसमस मनाउँदै, महामारीबाट जोगिन आह्वान


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- येशुको जन्मोत्सव (क्रिसमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् ।

ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।

हाल नेपालमा १३ हजार हाराहारी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको गहतराजले बताए ।

हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसको अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ ।

तर, यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले सावधानी अपनाउने उनले आह्वान गरेका छन् ।

क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, पोखरा लगायतका ठाउँमा अघिल्ला वर्षकहरूको जस्तो यस पटक रौनक छैन । महामारीका कारण यस पटक जमघट कम छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ०५ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको