कुवेतका प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले लगाए पहिलो कोरोनाविरूद्धको खोप « Khabarhub

कुवेतका प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले लगाए पहिलो कोरोनाविरूद्धको खोप


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह  अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् ।

कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन् ।

विश्वब्यापी रुपमा २ लाख १० हजारले भाइरससँग लड्नका लागि खोप प्रयोग गरिसकेको पनि उनले बताए ।

यस्तै कुवेतका स्वास्थ्य मन्त्री डा. सबाहले पनि  खोप लगाउँदै भाइरसविरूद्ध खोप अभियान सुरु गरिएकाले अब जोखिम केही कम हुने जनाएका छन् ।

उपप्रधानमन्त्री र क्याबिनेट मामिला राज्यमन्त्री अनास अल-सालेह, कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष, हिलाल अल-सयेर, र प्रतिनिधि हमद अल-हर्षानीले कोरोनाविरूद्ध खोप लगाएका छन् ।

पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने छ ।

१६ वर्ष भन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन । अहिलेसम्म कोरोनाविरूद्धको खोप लगाउन कुवेतमा ७३ हजार भन्दाबढीले नाम दर्ता गराएका छन् ।

नेपालीसहित आप्रवासी श्रमिकले यो खोप लगाउन चाहे त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण नाम रजिस्टर गर्न सकिने जनाइएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ३५ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग