ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघबीच समझदारी पत्रमा हस्ताक्षर « Khabarhub

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघबीच समझदारी पत्रमा हस्ताक्षर


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघ/संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालिन तथा दीर्घकालिन अवधिसम्मका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्नेछ । साथै बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ ।

सम्झौताअनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनरकर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पु¥याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए ।

बैंकले निर्यात व्यवसायको प्रवद्र्धनमा विशेष सुविधा दिने बताउँदै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको र हाल व्यवसायीहरु कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीहरुलाई आवश्यकतानुसार अल्पकालीन देखि दीर्घकालीन अवधिसम्मको लागि सहुलियतपुर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने देखि बंैकिङ्ग सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने गरी समझदारी भएको बताए ।

ग्लोबल आइएमई बैंकसँगको सहकार्यले महासंघसँग आवद्ध संस्थाहरुलाई आवश्यक बैंकिङ्ग कारोबारमा सहज हुने बताउँदै महासंघका अध्यक्ष गुरुङ्गले महासंघले आफ्ना सदस्य रहेका निर्यात व्यवसायीहरुलाई बैंकसंग कारोबार गर्न प्राथमिकता दिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकोले निजी क्षेत्रका बैंकिङ्ग समस्या समाधान गर्दै एक आपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको बताए । महासंघका महासचिव दुर्गा विक्रम थापाले कोभिड अगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवद्र्धन गर्न महासंघले विशेष कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा बैंकका कर्मचारी, महासंघका पदाधिकारी तथा सदस्यहरु, पत्रकार तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका