भोजपुरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

भोजपुरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ ।

आज बिहान ६:३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट बालकको मृत्यु

यसैबीच डोटीको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका छन् ।

गएराति दिपायल पिपल्ला बजार आउँदै गरेको उक्त कारको ठक्करबाट गम्भीर घाइते भएका निज बालकको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए ।

उनले भने, “कारको ठक्करबाट बालक गम्भीर घाइते थिए, यहाँ उपचार हुन नसकेपछि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ ।” बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ११ : ४० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक