निर्वाचन आयोग पुगेर माधव नेपालले भने– सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ | Khabarhub Khabarhub

निर्वाचन आयोग पुगेर माधव नेपालले भने– सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् ।

आज २९५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आयोग पुगेका नेपालले आफूहरुले नै वैधानिकता पाउने दाबी गरे ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता र २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर लिएर नेता नेपाल निर्वाचन आयोगको कार्यालय पुगेका छन् । उनले प्रचलित कानूनकै आधारमा आयोगले निर्णय लिने पनि विश्वास व्यक्त गरेका छन् ।

माइतीघर मण्डलाबाट र्‍यालीसहित आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई वैधानिकता दावी गर्दै गरिएको हस्ताक्षर बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल,देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम भुषाल, बर्षमान पुन, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, पम्फा भुसाल, शलिकाराम जम्कटेल, भीम रावल, गोकर्ण बिष्टसहित ३० जना आयोग पुगेका छन् ।

अन्यलाई जमलस्थित एल्लोपगोडा होटेल गाडि रोकेर राखिएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १ : ५९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित