सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश जारी | Khabarhub Khabarhub

सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश जारी


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न आदेश दिइएको हो ।

यस्तै यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने पनि निर्णय भएको छ ।

शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखेका थिए ।

इजलासमा अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दै संसद विघटन गर्नु तानाशाहीको पराकाष्ठा भएको बताएका थिए । उनले यो संविधानवादको घोर अपमान, दुर्भाग्यपूर्ण र तानाशाहीपूर्ण रहेको बताउँदै राष्ट्रपतिको निर्णय पनि दुर्भाग्यपूर्ण भएकाले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन माग गरेका थिए ।

त्यस्तै अधिवक्ता रुद्र शर्मा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नरहेको भन्दै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।

अधिवक्ता बद्री झाले संविधानको धारा ७६ मा संसद विघटनको व्यवस्था नरहेको बताउँदै संविधानमा संसदको ५ वर्ष कार्यकाल भनेको उल्लेख गरे ।

त्यस्तै अधिवक्ता सरोज घिमिरे राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जुन दुई धारा उल्लेख गरिएको छ, त्यसको तादात्म्यता छैन भनेका छन्। उनले आफ्नो महत्वाकांक्षाका लागि संविधानलाई पूर्ण रुपमा बेवास्ता गरियो बताए । संविधान र संसदप्रति प्रधानमन्त्री उत्तरदायी नभएको भन्दै उनले पनि संसद विघटनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरे ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : १४ बजे

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन