प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व हाम्रो काँधमा– प्रचण्ड « Khabarhub

प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व हाम्रो काँधमा– प्रचण्ड


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व हाम्रो काँधमा आएको बताएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाए ।

उनले संविधानविद्, कानुन व्यवसायी तथा नागरिक समाज र राजनीतिक दलले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नरहेको बताइरहँदा प्रधानमन्त्रीले त्यो आवाज नसुनेको बताए ।

प्रधानमन्त्रीले लोकतन्त्रमाथि नै प्रहार गरी ल्याएको प्रस्तावलाई स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए ।

प्राप्त उपलब्धी रक्षाका लागि आफूहरु अघि बढेको बताउँदै उनले प्राप्त उपलब्धीको रक्षा गर्दै नयाँ उपलब्धी हासिल गर्दै लैजाने बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : ४९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि