प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व हाम्रो काँधमा– प्रचण्ड « Khabarhub

प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व हाम्रो काँधमा– प्रचण्ड


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व हाम्रो काँधमा आएको बताएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाए ।

उनले संविधानविद्, कानुन व्यवसायी तथा नागरिक समाज र राजनीतिक दलले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नरहेको बताइरहँदा प्रधानमन्त्रीले त्यो आवाज नसुनेको बताए ।

प्रधानमन्त्रीले लोकतन्त्रमाथि नै प्रहार गरी ल्याएको प्रस्तावलाई स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए ।

प्राप्त उपलब्धी रक्षाका लागि आफूहरु अघि बढेको बताउँदै उनले प्राप्त उपलब्धीको रक्षा गर्दै नयाँ उपलब्धी हासिल गर्दै लैजाने बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : ४९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी