केपी ओली गणतन्त्र र संघीयताको विरोधी हो : माधव नेपाल « Khabarhub

केपी ओली गणतन्त्र र संघीयताको विरोधी हो : माधव नेपाल

'उहाँलाई मनपर्ने एकमात्र शब्द हो–केपीबा'


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

आफ्नो समूहको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले अहिले ओली नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने अभ्यासमा जुटेको बताए । उनले भने, ‘केपी ओली गणतन्त्र र संघीयता विरोधी हो । उहाँ अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै हुनुहुन्छ । कुनदिन कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्नुहुनेछ ।’

ओलीसँगको सम्बन्ध एकदुई वर्षको नभई ४९ वर्षको रहेको भन्दै नेता नेपालले ओलीलाई नजिकबाट चिनेको बताए । उनले भने, ‘ओलीलाई बैठक छलफलसँग एलर्जी छ । त्यो भनेको तानाशाही प्रवृत्ति हो । उहाँलाई मनपर्ने एकटै शब्द केपी बा हो । जसले केपी बा भन्दै उहाँप्रति समर्पित हुन्छ त्यो मात्र उहाँको नजिक हुन्छ ।’

नेता नेपालले नेकपा आफूहरुको हुने बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : २९ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई