अनेरास्ववियुका संयोजक महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस | Khabarhub Khabarhub

अनेरास्ववियुका संयोजक महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेका छन् ।

सह–संयोजक तामाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको जानकारी दिएका हुन् ।

‘अनेरास्ववियुको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाही अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटीसमक्ष सिफारिस गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो चरणमा महरले प्रधानमन्त्री केपी ओलीले चालेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदममा बहुमत सदस्य निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमा समेत उभिएको आरोप लगाइएको छ ।

‘अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल बनाउँदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भजन किर्तन गर्ने काममा मात्र तल्लिन हुन थाल्नुभयो । उहाँले संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुटपरस्त गतिविधि जारी राख्नुभयो । समाजमा ब्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने संगठनको परम्परा विपरित उहाँ स्वयं तिनको बाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहनुभयो’, विज्ञप्तिमा कारबाही गर्नुपर्ने कारणबारे खुलाइएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ४ : ५८ बजे

कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ : देउवा

भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई

नेपालको पाँचौ विकेट पतन, भीम सार्की पनि आउट

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई

भवानीशङ्करको वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार

पाल्हीनन्दन – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक