राप्रपाले पुस २७ गते पृथ्वीजयन्ती मनाउने « Khabarhub

राप्रपाले पुस २७ गते पृथ्वीजयन्ती मनाउने


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ ।

अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे प्रकाश पार्न देशभर औपचारिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र कमल थापासमेतको उपस्थिति रहेको बैठकले केन्द्रीय नेता एवं प्रतिनिधिको उपस्थितिमा पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रम पुस महिनाभित्र ७७ जिल्लामा सम्पन्न गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डे जानकारी दिए ।

पार्टीले यही पुस १७ गते काठमाडौँमा भेला पनि डाकेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : २४ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले