अब सफा टेम्पुमा यात्रा गर्दा प्रभु बैंकको ‘क्यू आर कोड’मार्फत भाडा तिर्न सकिने  « Khabarhub

अब सफा टेम्पुमा यात्रा गर्दा प्रभु बैंकको ‘क्यू आर कोड’मार्फत भाडा तिर्न सकिने 


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यूआर कोड सेवा प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।

महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यूआर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको प्रभु बैंकले जनाएको छ ।

क्यूआर कोड सेवाबाट यात्रुहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ५३ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै