चीनतर्फको नाका सञ्चालनमा नआउँदा व्यवसायीले दुःख पाए : चेम्बर « Khabarhub

चीनतर्फको नाका सञ्चालनमा नआउँदा व्यवसायीले दुःख पाए : चेम्बर


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनतर्फको नाका प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा नेपाली व्यवसायीले दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गुनासो गरेको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको बताए ।

करोडौँ मूल्य बराबरको सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायी पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गरे ।

कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ७ : ०९ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका