प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए ६ को जिम्मेवारी हेरफेर | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए ६ को जिम्मेवारी हेरफेर


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार राति एक राज्यमन्त्रीसहित ९ मन्त्री थपेका हुन् । नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् ।

रायमाझीलाई ऊर्जामन्त्री, थापालाई खानेपानीमन्त्री, साहलाई सहरी विकासमन्त्री, ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ । लामालाई भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, महतोलाई महिला तथा बालबालिका मन्त्रालय, आलेलाई वन मन्त्रालय, चौधरीलाई श्रम, विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हालेका थिए । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गरेका थिए ।

शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसकेका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए ।

खानेपानी मन्त्रीको जिम्मेवारी पाएका मणिचन्द्र थापा पहिलो पटक मन्त्री बनेका हुन । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीतमार्फत योगदान गरेका नेता थापा नेकपा भित्र बौद्धिक नेताका रुपमा चिनिन्छन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बनेका हुन । यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्ववारी पाएका गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद थिए । वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुन ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक मन्त्री बनेकी हुन । त्यस्तै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका दावा लामा पनि पहिलो पटक मन्त्री बनेका हुन । विसं २०६४ को संविधानसभा सदस्य रहेका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित भएका थिए ।

यस्तो छ सूची

त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ, हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ

महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ ।

पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई भने जिम्मेवारीबाट मुक्त गरिएको छ । यसअघि उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई पनि हटाइएको छ ।

संसद विघटनपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले नयाँ मन्त्री नियुक्ति गरेका हुन् ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरु पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले सामुहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ०३ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय