दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती « Khabarhub

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ । नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास नेपाल आयात भएको हो ।

निगमको विवरणअनुसार उक्त अवधिमा कुल ४ हजार ९००.२ मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको छ । भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन अर्थात् २ लाख १६ हजार ७५३ सिलिन्डर र भदौ २६ गते १ हजार ८२२.३ मेट्रिक टन अर्थात् १ लाख २८ हजार ३३२ सिलिन्डर बराबरको ग्यास आयात भएको छ ।

दुई दिनको अवधिमा वीरगन्ज नाकाबाट सबैभन्दा बढी ग्यास भित्रिएको छ । वीरगन्जबाट मात्रै २ हजार ९२६.११ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ ।

त्यस्तै, भैरहवा नाकाबाट ७०२.५९ मेट्रिक टन, विराटनगरबाट ६५१.६३ मेट्रिक टन, नेपालगन्जबाट ५३०.८३ मेट्रिक टन र मेची नाकाबाट ८९.०४ मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ ।

नेपाल आयल निगमले सीमा नाकाबाट भइरहेको ग्यास आयातले बजारमा एलपी ग्यासको सहज आपूर्ति कायम गर्न सहयोग पुग्ने जनाएको छ ।

तर, ठूलो परिमाणमा ग्यास नेपाल भित्रिए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन् । पछिल्लो समय बजारमा एलपी ग्यासको अभाव देखिएको छ भने कतिपय ठाउँमा ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था छ ।

उपभोक्ताहरूले सिलिन्डर ग्यास पाउनुभन्दा पनि ग्यास वितरणका लागि आवश्यक कुपन लिन नै सास्ती भइरहेको गुनासो गरेका छन् ।

बजारमा पर्याप्त ग्यास भित्रिएको तथ्यांक सार्वजनिक भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्दा आपूर्ति प्रणाली र वितरण व्यवस्थापनप्रति प्रश्न उठेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १० : ११ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम