प्रचण्डको साथ छाडेका ५ नेतालाई ओलीले बनाए मन्त्री  « Khabarhub

प्रचण्डको साथ छाडेका ५ नेतालाई ओलीले बनाए मन्त्री 


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति मन्त्रिपरिषद पुनर्गठन गरे । जसमा पाँच नेताहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबाट बाहिरिएकाहरु छन् ।

संसद विघटनपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले एक राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्ति गरेका हुन् ।

जसमा सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामा रहेका छन् ।  यसैगरी उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा नियुक्त गरेकी हुन्।

यी ९ जनामध्ये टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले प्रचण्ड समूह छाडेर ओली समूहलाई साथ दिएका थिए ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार राति राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ४६ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई