प्रचण्डको साथ छाडेका ५ नेतालाई ओलीले बनाए मन्त्री  « Khabarhub

प्रचण्डको साथ छाडेका ५ नेतालाई ओलीले बनाए मन्त्री 


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति मन्त्रिपरिषद पुनर्गठन गरे । जसमा पाँच नेताहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबाट बाहिरिएकाहरु छन् ।

संसद विघटनपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले एक राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्ति गरेका हुन् ।

जसमा सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामा रहेका छन् ।  यसैगरी उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा नियुक्त गरेकी हुन्।

यी ९ जनामध्ये टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले प्रचण्ड समूह छाडेर ओली समूहलाई साथ दिएका थिए ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार राति राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ४६ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६