एफ ए कप फुटबलः टोटेनहम र साउथह्याम्टनले खेले बराबरी | Khabarhub Khabarhub

एफ ए कप फुटबलः टोटेनहम र साउथह्याम्टनले खेले बराबरी


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एफ ए कप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले निराशाजनक बराबरी खेलेको छ ।

चौथो चरणको खेलमा टोटेनहमले साउथह्याम्टनसंग १–१ गोलको बराबरी खेलेको हो ।

सन ह्युङ मिनले ५८ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन तीन मिनेट अगाडी सोफियान बोफालले साउथह्याम्टनका लागि बराबरी गोल गरे ।

जियोभानी लो सिल्सोको पासलाई सदुपयोग गर्दै कोरियाली फरवार्डले गोल गर्दै टोटेनहमलाई पाँचौ चरणको बाटो देखाएका थिए ।

तर अन्तिम समय सम्हालिन नसक्दा टोटेनहमले पुन अर्को खेलको नतिजा पर्खनुपर्ने भएको छ । बराबरीको नतिजासंगै टोटेनहम र साउथह्याम्टन पुन एक पटक सेन्ट मेरी स्टेडियममा भिड्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ५ : ४५ बजे

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।